२ जेठ, २०८१ बुधबार

07:28:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे नियुक्त

२० माघ, २०७८

गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे नियुक्त

काठमाडौं
 गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त हुनुभएको छ । मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । फाइनान्सको पूर्व सीईओ लालबाबु थिङले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा घिमिरे नियुक्त हुनुभएको हो ।

घिमिरे माघ १९ गतेदेखि लागू हुनेगरी आगामी ४ बर्षको लागि सीईओमा नियुक्त हुनुभएको छ। उहाँले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण लिइसक्नु भएको छ।