२ जेठ, २०८१ बुधबार

07:00:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा

Nepal Business

२० माघ, २०७८

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा

काठमाण्डौं
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको माघ १८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको सत्रौँ वार्षिक साधारण सभा फागुन २० गते, शुक्रबार कल्पतरू होटल, नेपालगञ्ज र विद्युतिय माध्यम जुमबाट  दिउँसो १ बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र÷०७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूची उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

यसैगरी कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।