२ जेठ, २०८१ बुधबार

11:25:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हकप्रद सेयर निष्काशन गर्दै समृद्धि फाइनान्स

२० माघ, २०७८

हकप्रद सेयर निष्काशन गर्दै समृद्धि फाइनान्स

काठमाडौं
समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने लागेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पुस ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, पुस ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।