२ जेठ, २०८१ बुधबार

09:44:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१५ वित्त कम्पनी मध्ये ९ ओटा कम्पनीको नाफा घट्यो

Nepal Business

१९ माघ, २०७८

१५ वित्त कम्पनी मध्ये ९ ओटा कम्पनीको  नाफा घट्यो

काठमाण्डौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १५ ओटा वित्त कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वषको सोही अवधिमा घटेको छ । १५ ओटा कम्पनीमध्ये ९ कम्पनीको नाफा घटेको छ भने बाँकी ६ कम्पनीको नाफा मात्र बढेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश कम्पनीहरुको अन्य सञ्चालन आम्दानी घटेकाले नाफा घटेको हो  ।

आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र मञ्जुश्री फाइनान्स कम्पनीको नाफा घटेको हो ।

 ९ ओटा कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षकोे सोही अवधिमा ७४ प्रतिशत घटेको हो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ५८ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा घटेर १ करोड ६५ लाखमा झरेको हो ।

१५ कम्पनीमध्ये सबैभन्दा बढी वेष्ट फाइनान्सले १४ करोड २ लाख नाफा कमाएको छ । यस कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ७६ लाख नोक्सानीमा रहेको थियो ।

यसैगरी दोस्रोमा आईसीएफसी फाइनान्सले ९ करोड २६ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानीमा रहेको तीन कम्पनीले यस वर्ष भने नाफा कमाएका छन । वेष्ट फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स नाफा भएको छ ।  यसैगरी चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा कम नाफा कमाउनेमा मल्टीप्रपोज फाइनान्स रहेको छ । कम्पनीले सो अवधिमा ४६ लाख २७ हजार नाफा कमाएको हो ।