४ जेठ, २०८१ शुक्रबार

12:44:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रियलमीका तीन स्मार्टफोन, विशेषता के–के छन् ?

१९ माघ, २०७८

रियलमीका तीन स्मार्टफोन, विशेषता के–के छन् ?

काठमाण्डौं

नेपाली बजारमा अहिले विभिन्न ब्राण्डका मोबाइलहरु उपलब्ध छन् । ती ब्राण्डमध्ये धेरैको रोजाईमा रियलमीका स्मार्ट फोनले राम्रो बजार पाएको कम्पनीको दावी छ । कम्पनीका अनुसार रियलमीका फोनको विशेषतासँगै मूल्य पनि ग्राहकहरुले सोचेको जस्तै हुन्छ ।

रियलमीका केहि उत्कृष्ट फोनहरु यस प्रकार छन्ः

नार्जो ५० आई – इन्ट्री लेभल

नार्जो ५० आई इन्ट्री–लेभल स्मार्टफोन हो ।  जसमा राम्रो क्यामेरा, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरू समावेश गरिएको छ । २ जिबी ¥याम र ३२ जिबी आन्तरिक स्टोरेज भएको नार्जो ५० आईको बजार मूल्य जम्मा १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो ४ जिबी ¥याम र ६४ जिबी आन्तरिक स्टोरेजमा पनि उपलब्ध छ । जसको मूल्य १५ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ । बजारमा नार्जो ५० आई कालो र हरियो गरी दुई रंग विकल्पमा उपलब्ध छ ।

रियलमी ९आई – मिडरेन्ज

रियलमी ९ आई गेम खेल्न, फोटोग्राफी गर्न र टिकटक बनाउन रुचाउने व्यक्तिहरूको लागि उपयुक्त फोन हो । हाल बजारमा यो फोन उपलब्ध नभएपनि कम्पनीले यही फेबुअरीको दोस्रो साता भित्र फोन सार्वजनिक गर्ने बताएको छ । रियलमी ९आईको बजार मूल्य २६ हजार हुने अनुमान छ । यसमा आकर्षक डिस्प्ले, धेरै रिफ्रेस रेट र फास्ट प्रोसेसर छ ।

रियलमी ९आईमा ५० मेगापिक्सलको एआई सेन्सर छ जसले गर्दा दिउँसो अथवा रातिको समयमा पनि एचडी फोटा खिच्न मद्दत मिल्छ । यसमा २ मेगापिक्सलको डेप्थसेन्सर र २ मेगापिक्सलको म्याक्रो लेन्स पनि छ । फोनले फास्ट चार्जिङ सपोर्ट  गर्छ । यो जम्मा एक घण्टामा पूरा चार्ज हुन्छ ।

रियलमी जिटी नियो २

रियलमीको जिटी नियो २ एक विशेष फोन हो। यसमा १२० हर्ज अमोलेड डिस्प्ले, ६५ वाटको फास्ट चार्जिङ र फास्ट प्रोसेसर छ । जसले गर्दा यसलाई निकै प्रतिस्पर्धी फोन बनाएको छ । यो फोन पुरा चार्ज हुन जम्मा ३३ मिनेट लाग्छ । यो फोनले ५जी पनि सपोर्ट गर्छ। रियलमी जिटी नियो २ हरियो, कालो र निलो रंगमा उपलब्ध छ ।

यो ८ जिबी ¥याममा १२८ जिबी आन्तरिक स्टोरेज र १२ जिबी ¥याममा २५६ जिबी आन्तरिक स्टोरेजमा उपलब्ध छ । जसको बजार मूल्य ५४ हजार १ सय ९९ रुपैयाँदेखि ६० हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।