२ जेठ, २०८१ बुधबार

06:20:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८ हजार १ सय ५८ कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया

१९ माघ, २०७८

८ हजार १ सय ५८ कित्ता  संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया


काठमाडौं

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरमध्ये केही सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरमध्ये ८ हजार १ सय ५८ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम बिक्री मूल्य ३ सय ४ रूपैयाँ तोकेको छ ।

 बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक सेयर किनबेच गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने र निजहरुले सेयर खरिद नगरेमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न सकिने व्यवस्था अनुसार कम्पनिले उक्त सेयरहरु खरिद गर्न ईच्छुक संस्थापक सेयरधनिहरुले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, तेश्रो तल्ला सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल, काठमाडौंको कार्यालयमा तोकिएको समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी पेश गर्न आह्वान गरेको हो ।