३ मंसिर, २०८१ सोमबार

08:29:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महासंघ अध्यक्ष र राजदूत आचार्यबीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा

Nepal Business

१९ माघ, २०७८

महासंघ अध्यक्ष र राजदूत आचार्यबीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा

काठमाण्डौं

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताउनु भएको छ । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्युन लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताउनुभयो ।

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताउनुभयो । ‘पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको छ’, उहाले भन्नुभयो, ‘हामीले बेलायतमा यी बिषय प्रस्तुत गर्न सक्नुपर्छ ।’

नवनियुक्त राजदूत ज्ञानचन्द आचार्यले आप्mनो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताउनुभयो । ‘बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौँ’, उहाले भन्नुभयो, ‘यो मेरो प्राथमिकतामा रहेको बिषय हो ।’

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई  निजी क्षेत्रको धारणा बुझ्न र यी बिषयमा काम गर्न सहज हुने बताउनुभयो । 

महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो । ‘यसले तरलता अभावको अहिलेको अवस्था केहि सहज हुनेछ’, उहाले भन्नुभयो, ‘दुतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ ।’