४ जेठ, २०८१ शुक्रबार

10:08:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली बजारमा भित्रिदै जिप ग्लेडियटर

Nepal Business

१९ माघ, २०७८

नेपाली बजारमा भित्रिदै जिप ग्लेडियटर

काठमाण्डौं

नेपाली बजारको लागी जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप ¥यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थप गरेको छ । जिप ग्लेडियटर जिपको आइकनिक ¥यांग्लरमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले यसअघि आफ्नो सीबीयू लाइनअपमा टू डोर एवं फो डोर रुबिकन र फो डोर सहारा ¥यांग्लर उपलब्ध गराउँदै छ । कम्पनीका अनुसार ग्लेडियटरको ओभरल्यान्ड ट्रिममा ३ं६ लिटरको पेन्टास्टार भी ६ पेट्रोल इन्जिन छ, जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ ।

यसको अफरोड क्यापाबिलिटी जिपको सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टमले दिन्छ । भी६ इन्जिनलाई लो–एन्डटर्कका लागि अप्टिमाइज गरिएकाले  अफरोडिङका उपयुक्त रहेको कम्पनीको भनाइ छ । जिप ¥यांगलर फो डोरको तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्वीलबेस ४९२ एमएम लामो छ । यसको एप्रोच एंगल ४०.७ डिग्री, ब्रेक एंगल १८.४ डिग्री, डिपार्चर एंगल २२५.१ डिग्री र ग्राउन्ड क्लियरेन्स २८३ एमएम रहेको छ । ग्लेडियटरमा लामो ह्वील बेसको अनरोड ड्राइभिङ डाइनामिक्सका लागि र नयाँ लोड ट्रेलाई सपोर्ट गर्न कम्प्रेहेन्सिभ फाइभ–लिंक सस्पेन्सन सिस्टम राखिएको छ ।

सुरक्षाका लागि यसमा ७० भन्दा बढी एक्टिभ र पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर रहेका छन् । ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, फ्रन्ट एन्ड रियर पार्क असिस्ट, इलेक्ट्रोनिक रोल मिटिगेसनसहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता विशेषता रहेका छन् । नेपालमा ग्लेडिएटर ब्ल्याक र फायरक्रेकर रेडमा उपलब्ध हुनेछ ।