२ जेठ, २०८१ बुधबार

11:38:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनकामना स्मार्ट लघुवित्तको नाफा घटयो

१९ माघ, २०७८

मनकामना स्मार्ट लघुवित्तको नाफा घटयो

काठमाडौं

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासममको खुद नाफा ४७.३२ प्रतिशतले घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार  लघुवित्तको  खुद नाफा ४७.३२ प्रतिशतले घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँ पुगेको हो । लघुवित्तले गत आर्थिक बर्षको सोही अवधिमा १ करोड ९७ लाख १९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद व्याज आम्दानी १३.९५ प्रतिशतले बढेर ३ करोड ९८ लाख ३६ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ४९ लाख ५७ हजार रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको सञ्चालन मुनाफा बढेर २५ लाख ६२ हजार रूपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको संचालन मुनाफा ५२ करोड ३५ लाख रुपैयाँ ऋणात्मक थियो ।

यस्तै, पुस मसानतसम्म ७२.३३ प्रतिशत बढेर संस्थाको चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा २ करोड ८१ लाख ५० हजार रुपैयाँ जम्मा रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी ९ईपीएस० १४ रुपैयाँ ६६ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।