३ मंसिर, २०८१ सोमबार
08:03:44 AM
१८ माघ, २०७८
काठमाण्डौ ।
यही माघ १२ गते दिउँसो ४ बजेको आसपास अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञाप्ति जारी गर्दै केही सरकारी कर्मचारी सहित नेपालका ठूला व्यवसायिलाई भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको जानकारी दियो । यसपछि उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारका सहितका व्यवसायिहरुको नामामा धेरै सञ्चार माध्ययममा हेडलाईन समाचार बने ।
अहिले सिमेन्ट उद्योगमा जमिरहेका मुरारका अख्तियारको मुद्धा दायर पछि पहिलो पटक प्रतिक्रिया दिँदा जग्गा व्यवसायमा लाग्ने सोच बनाएको भन्ने भनाईले व्यवसायिहरु किन व्यवसायबाट पलायन हुन रुचाउँछन् भन्ने अर्को प्रश्न उठ्न थालेको छ ।
अख्तियारको आरोपमा व्यवसायिको धारणा के होला भन्ने बारे बुझ्न खोज्दा कतिपय व्यवसायि बोल्न चाहानुभएन भने कतिपयको सम्पर्क हुन सकेन । तर यो विषय चर्चामा अहिले पनि छ । व्यवसायिहरुलाई लाग्ने यस्ता आरोप यो मात्र नभएर धेरै छन् । विभिन्न समयमा व्यवसायिहरुलाई कर छलि गरेको, तोकिएभन्दा बढि मूल्य लिएको, कानुन पालना नगरेको, मजदुरको मुद्धा सम्बोधन नगरेको लगाएतका आरोप लाग्दै आएका छन् ।
व्यवसायिलाई लाग्ने आरोप र बास्तविकता अहिले पनि खोजको विषय बनेको छ । माघ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सहित ९ जना उद्योगी व्यापारीलाई विपक्षी बनाइएको छ । व्यवसायिहरुलाई हतोत्साहित बनाउने कार्य भएको भन्दै यसैबीचमा नेपाल सिमेन्ट उत्पादक संघले विज्ञप्ति जारी गरेको छ । संघले आफ्नो धाराणा सार्वजनिक गर्दै व्यवसायिहरुलाई सहयोग गर्न समेत अपिल गरेको छ ।
यस मुद्धाका एक आरोपी महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि प्रतिकृया दिनुभएको छ । मुरारकाले एक सञ्चार माध्ययामलाई प्रतिक्रिया दिँदै जरिवाना तिरिसकेका आफुहरुलाई फेरी मुद्धा चलाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिनुभएको छ । आफुहरुले क्षमता बढाउन माग गर्दा पनि क्षमता बढाउन नदिएर आलटाल गरेको भन्दै आफुहरुले सबै काम नियमसंगत गरेको प्रतिक्रिया दिनुभएको छ । यस्तै उँहाले आफु अब जग्गा व्यवसायमा लाग्ने बताउनुभएको छ । अहिले सिमेन्ट उद्योगमा जमिरहेका मुरारका अख्तियारको मुद्धा दायर पछि पहिलो पटक प्रतिक्रिया दिँदा जग्गा व्यवसायमा लाग्ने सोच बनाएको भन्ने भनाईले व्यवसायिहरु किन व्यवसायबाट पलायन हुन रुचाउँछन् भन्ने अर्को प्रश्न उठ्न थालेको छ ।
त्यसो त मुरारका महासंघको अध्यक्ष भएकै समयका केही भाषणलाई आधार मान्ने हो भने पनि उहाँले रियल स्टेट व्यवसायलाई प्राथमिकता दिनुपर्ने बताउँदै आउनुभएको थियो ।
यस विषयमा अन्य व्यवसायिहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । ठूला व्यवसायिहरुको लगानी विविध क्षेत्रमा हुने भएका कारण पनि व्यवसायिहरुलाई एउटा व्यवसायमा केही समस्या आयो भने अर्को व्यवसायलाई अगाडि बढाउने विकल्प हुने गरेको छ ।
अख्तियारले ९ वटा उद्योगहरुविरुद्ध समेत मुद्दा चलाएको छ । उनीहरुमाथि एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यलाई नोक्सान गरेको दावीसहित आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
लगानीको वातावरण बनेको बैदेशिक लगानी नेपाल भित्राउने विभिन्न कार्यक्रम अगाडि बढाएको सरकारले समयमा सहि ढंगबाट काम र अनुगमन गर्न नसक्दा विभिन्न पक्षले खेल्न सक्छन् भन्ने एउटा गतिलो उदाहरण बनेको यो विषय विशेष अदालतमा पुगिसकेका कारण अब यस विषयमा हुने अदालतको निर्णय नै अन्तिम हुने विज्ञहरुको भनाई छ ।
यसैबीच सिमेन्ट उत्पादक उद्योगहरुको साझा संस्था नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगीहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दाको विरोध गरेको छ ।
शुक्रबार एक विज्ञाप्ति जारी गर्दै संघले आत्मनिर्भरतातर्फ अघि बढको सिमेन्ट र क्लिङ्करको औद्योगिक क्षेत्रलाई निरुत्साहित गर्ने गरी अख्तियारले तथ्यमा नटेकी मुद्दा दायर गरेको दावी गरेको हो ।
अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ९ वटा उद्योगहरुविरुद्ध समेत मुद्दा चलाएको छ । उनीहरुमाथि एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यलाई नोक्सान गरेको दावीसहित आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अहिले नेपालमा करिव ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय आर्थिक क्षेत्रमा चर्चाको विषय बनेको छ उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपती मुरारका सहित ठूला व्यवसायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धा । यसै बिषयमा विभिन्न सामाजिक सञ्जालमा पक्ष र विपक्षमा क्रिया प्रतिक्रिया पनि आईरहेका छन् । कतिपयको धारणा छ उद्योगीलाई तर्साउने काम भयो । कतिपयको प्रक्रिया छ उद्योगीले गल्ती गरेका थिए ठिकै भयो । कतिपयले नेपालमा लगानीको वातावरण बन्दै गएको समयमा उद्योगीलाई चलाएर सरकारले गल्ती गरेको प्रतिक्रिया पनि दिएका छन् ।
उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विज्ञिप्तिनै प्रकासन गरेर उद्योगीहरुमाथी प्रहार भएको भन्दै गुनासो गरेका छन् । कोरोना भाईरसको महामारीबाट माथी उठ्दै गरिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट भईरहेको प्रहारसंगै अख्तियारले पनि प्रहार गरेको उनिहरुको गुनासो रहेको छ ।
त्यसैले व्यवसायीहरुले गल्ती गरेको भए सुधारेर अगाडि बढ्न सक्नु पर्छ । राज्य र निकायहरुले पनि कुनै इगो साँध्न वा कसैलाई दुरुत्साहन गर्न आफ्ना निर्णयहरु गर्न नहुने धारणाहरु सामाजिक सञ्जालमा आईरहेका छन् ।
नेपालमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एंव विस्तारमा नकारात्मक प्रभाव पर्नेमा जिनी क्षेत्र गम्भीर रहेको चिन्ता व्यक्त गरेका छन् । संस्थागत रुपमै सिमेन्ट उद्योगीमाथी लागेको आरोपको विरोध गरिएको छ । उद्योगी व्यवसायिहरुले आफुहरुले गल्ती नै नगर्दा पनि राज्यले एकाएक यो कार्वाही गरेको होईन भन्ने विभिन्न समयमा गठन भएका छानविन समिति र तत्कालिन मन्त्री र सचिवलाई पनि जानकारी भएको विषयले प्रष्ट पारेको छ ।
तत्कालिन मन्त्री लेखराज भट्ट र सचिव यमकुमारी खतिवडा सहितको बैठकको माईन्यूट सञ्चार माध्यायममा सार्वजनिक भईसकेको कुराले प्रष्ट पारेको छ । कतिपयले भन्ने गरेका छन् जो जुन क्षेत्रमा काम गर्छु भनेर प्रतिवद्धता जाहेर गरेर आएको हो त्यही क्षेत्रमा बदमासी गर्दा वा कमिकमजोरी गर्दा कमि कमजोरी भयो भनाईलाई विरोधका रुपमा हेर्न हुँदैन । त्यसैले व्यवसायीहरुले गल्ती गरेको भए सुधारेर अगाडि बढ्न सक्नु पर्छ । राज्य र निकायहरुले पनि कुनै इगो साँध्न वा कसैलाई दुरुत्साहन गर्न आफ्ना निर्णयहरु गर्न नहुने धारणाहरु सामाजिक सञ्जालमा आईरहेका छन् ।
स्कुल कलेजमा पढाई नहुँदा विधार्थीले गर्ने आन्दोलनले शिक्षको मान इज्जत र प्रतिष्ठामा आँच आउने, डाक्टरहरुले विरामी नजाँच्दा जाँच्नुपर्छ भन्दा डाक्टरहरुको विरोध गरेको हुने हो भने सुधार कहिले हुने । तर विरोधका लागि विरोध गर्ने परिपाटिको अन्त्य गर्दै तथ्य र प्रमाणमा आधारित भएर सरकार, व्यवसायी र अन्य क्षेत्रपनि अगाडि बढ्न सके यसले समग्रतामा सहि बाटोमा हिड्न सहयोग पुग्छ ।