४ जेठ, २०८१ शुक्रबार

11:49:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल भित्रियो हुन्डाई आयोनिक–५ विद्युतीय गाडी

१८ माघ, २०७८

नेपाल भित्रियो हुन्डाई आयोनिक–५ विद्युतीय   गाडी

काठमाण्डौं

नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाई आयोनिक–५ विद्युतीय  गाडी कोरियाबाट नेपाल ल्याइएको छ । हुन्डाईले हाल विद्युतीय कोना र आयोनिक बिक्री गर्दै आएकोमा नयाँ आयोनिक ५ लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नेपाल भित्र्याएको हो । हुन्डाईका पेट्रोलबाट चल्ने गाडी भारतबाट आयात गरे पनि विद्युतीय गाडी कोरियाबाटै आयात हुन्छन ।

आयोनिक ५ एसयूभी सेगमेन्टमा उपलब्ध हुनेछ । हुन्डाईले आफूले उत्पादन गर्ने विद्युतीय गाडीलाई आयोनिक ब्राण्डमा बजारमा ल्याएको हो । आयोनिक २, ४, ६ सेडान सेगमेन्टमा हुन्छन् भने नम्बर ३, ५, ७ एसयूभी सेगमेन्टमा हुन्छन । कोरियामा हुन्डाईको २ वटा भेरियन्टमा उत्पादन भइरहेको कम्पनीले जनाएको छ । स्ट्यान्डर्ड रेञ्ज र लंग रेञ्जमा रहेका छन । आयोनिक ५ लिथियम आयन ब्याट्रीमा आयोनिक ५ उपलब्धहरु छन ।

५ सिट रहेको गाडीमा स्ट्यान्डर्ड रेञ्ज ५८ किलोवाट ब्याट्रीको रहेको छ, भने लंगरेञ्जको ७२ किलोवाटको ब्याट्री छ । गाडीमा अधिकतम गति १८५ किलोमिटर प्रतिघण्टा छ । गाडीको लम्बाइ ४ हजार ६३५ एमएम, चौडाइ १ हजार ८९०, उचाइ १ हजार ६०५ एमएम रहेको छ । ह्विल बेस ३ हजार एमएम छ । ५२७ लिटरको बुट स्पेस रहेको गाडीमा मल्टी चार्जिङ सिस्टम छ । यसले ४ सय र ८ सय भोल्टको चार्जिङ पोर्ट सपोर्ट गर्छ । लंग रेञ्जको आयोनिक ५ एक पटकको चार्जमा ४८१ किलोमिटरसम्म कुद्न सक्छ ।

आयोनिक ५ बाट विद्युतीय उपकरण चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । ल्यापटप, फोनलगायतका डिभाइस चार्ज गर्न सकिन्छ  ।  गाडी सुरक्षाको लागि ७ वटा एयरब्याग रहेको छ । गाडीको मूल्य भने अझै खुलाइएको छैन ।  

यस्तै कोना एसयूभी सेगमेन्टमा उपलब्ध रहेको छ भने आयोनिक सेडान सेगमेन्टमा बजारमा उपलब्ध छ । हुन्डाईले कोनाको फेसलिफ्ट समेत ल्याइसकेको छ ।