३ जेठ, २०८१ बिहिबार

05:00:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इमर्जिङ नेपाल लिमिटेडले माघ २६ बाट आइपिओ निष्कासन गर्ने

१८ माघ, २०७८

इमर्जिङ नेपाल लिमिटेडले माघ २६ बाट आइपिओ निष्कासन गर्ने

काठमाण्डौं
इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ । जसमा चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणका लागि हुनेछ ।  

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओको कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिदा उपयुक्त हुने देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको  साधारण सेयर  निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  
कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।