३ जेठ, २०८१ बिहिबार

02:28:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वरोजगार लघुवित्तको नाफा ३६.२४ प्रतिशत

१७ माघ, २०७८

 स्वरोजगार लघुवित्तको नाफा ३६.२४ प्रतिशत

काठमाण्डौं
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्वरोजगार लघुवित्तले ९ करोड १ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत वर्ष यो अवधिसम्म  ६ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३६.२४ प्रतिशतले बढी नाफा गरेको हो ।

गत वर्ष यो अवधिसम्म  १० करोड ६७ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष  १२ करोड ७४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । २५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी ५१ करोड ४० लाख ९९ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम ५.७४ प्रतिशत बृद्धि भई १८ करोड ३५ लाख कायम भएको हो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७९.६९ प्रतिशत बढी ३ अर्ब ५२ करोड कर्जा सापटी लिएको छ । यस वर्ष ३०.७९ प्रतिशत बढी  २ अर्ब ९१ करोड निक्षेप संकलन गरेको कम्पनीले ४८ प्रतिशत बढी  ७ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष २.७९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २.९२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३५.०८ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५.७० रहेको छ ।