३ मंसिर, २०८१ सोमबार

09:07:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

केशरमहल परिसरको सम्पत्ति संरक्षण गरिने

Nepal Business

१६ माघ, २०७८

केशरमहल परिसरको सम्पत्ति संरक्षण गरिने

१६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशरमहलस्थित केशर पुस्तकालय परिसरको भौतिक सम्पत्तिलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ ।

मन्त्री पौडेलले आइतबार सो स्थलमा भइरहेको पुनः निर्माणका कामको निरीक्षणपछि त्यहाँको जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न नदिइने स्पष्ट गर्नुभयो ।

मन्त्री पौडेलले आइतबार सो स्थलमा भइरहेको पुनः निर्माणका कामको निरीक्षणपछि त्यहाँको जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न नदिइने स्पष्ट गर्नुभयो । उहाँले उक्त जग्गा निजी क्षेत्रलाई दिने भन्ने कुनै हल्लाको पछि नलागेर उक्त क्षेत्रको जग्गालाई संरक्षणमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । मन्त्री पौडेलले विकास समिति बनाएर त्यहाँको ३४ रोपनी जग्गाको उपयोग गरिने जनाउनुभयो । 

विगतमा सो स्थलमा शिक्षा मन्त्रालयसमेत रहेकामा हाल मन्त्रालय सिंहदरबारमा सरेको छ भने उक्त परिसरमा स्वप्न बगैँचा रेष्टुरेन्ट सञ्चालित छ । केशर शमशेरले आफ्नो निजी पुस्तकालय सरकारलाई दान दिएपछि विसं २०२६ देखि सरकारले सञ्चालन गर्दै आएको छ ।