३ जेठ, २०८१ बिहिबार

08:32:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सनराइज फस्ट म्युचुअल फण्डले १० करोड १५ लाख नाफा कमायो

Nepal Business

१६ माघ, २०७८

सनराइज फस्ट म्युचुअल फण्डले १० करोड १५ लाख नाफा कमायो

काठमाण्डौं
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्ट म्युचुअल फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डले पुस मसान्तसम्म १० करोड १५ लाख नाफा कमाएको हो । फण्ड मंसिर मसान्तसम्ममा  १ करोड ८८ लाख नोक्सानीमा रहेको थियो । पुस मसान्तसम्ममा ११ करोड ४० लाख आम्दानी गर्न सफल भएकाले फण्ड नाफामा भएको हो ।

त्यसैगरी फण्डको एनएभी पनि मंसिर महीनाको तुलनामा पुस महीनामा वृद्धि भएको छ । एनएभी मंसिर मसान्तसम्ममा १३.४८ रहेको उक्त फण्डको पुस मसान्तसम्ममा वृद्धि भएर  १४.८८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा  ६२ करोड ६ लाख लगानी गरेको छ ।