३ मंसिर, २०८१ सोमबार

10:05:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उच्च शिक्षाका लागि विदेशिनेहरुलाई रोक्न गुणस्तरीय शिक्षा आवश्यकः राज्यमन्त्री श्रेष्ठ

Nepal Business

१५ माघ, २०७८

उच्च शिक्षाका लागि विदेशिनेहरुलाई रोक्न गुणस्तरीय शिक्षा आवश्यकः राज्यमन्त्री श्रेष्ठ

काठमाण्डौं
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठले वर्षेनी ६०÷७० हजारको संख्यामा विद्यार्थी पढ्न विदेश जाने गरेको बताउनु भयो । उहाँले यसबाट अर्बौं पैसा विदेश जान्छ त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ भन्नुभयो । अव शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी मन्त्री श्रेष्ठले दिनुभयो ।

काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा  शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने बताउनु भयो। उहाँले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको थियो । राज्यमन्त्री श्रेष्ठले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गर्नुभयो । राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उहाँले सबैलाई धैर्य गर्न पनि सुझाव दिनुभयो ।