२१ बैशाख, २०८१ शुक्रबार

11:47:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी अनुहारहरु कसरी जोडिए भुटानी शरणार्थी बनाएर पैसा ठग्ने गिरोहसँग ?

Nepal Business

२१ बैशाख, २०८०

उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र बादलपछिका गृहमन्त्री बनेका बालकृष्ण खाँणको पालामा गृहसचिव बनेका टेकनारायण पाण्डे र पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ ।

यी अनुहारहरु कसरी जोडिए भुटानी शरणार्थी बनाएर पैसा ठग्ने गिरोहसँग ?

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौं असुलेको गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको भेटिएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।

उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र बादलपछिका गृहमन्त्री बनेका बालकृष्ण खाँणको पालामा गृहसचिव बनेका टेकनारायण पाण्डे र पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ ।

पाण्डेले यो गिरोहबाट आर्थिक लाभ लिएको भेटिएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार उनी समूहका सदस्य केशव दुलाल र सानु भण्डारीमार्फत यो समूहको सेटिङमा लागेका थिए ।

दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा निजी सहायक थिए ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापा लगायतविरुद्ध समेत पक्राउ पूर्जी जारी भइसकेको यो प्रकरण के हो ? यसमा अरु को को जोडिएका छन् ? प्रहरीले अनुसन्धान कसरी गरिरहेको छ ?

 केपी शर्मा ओली नेतृत्वको सरकारले २९ असार २०७६ मा विविध कारणले शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गर्‍यो ।

कार्यदल गठन भएबाटै झापा, मोरङ, सुनसरी, दाङ, गोरखा, बाग्लुङलगायतका जिल्लामा एउटा गिरोहका सदस्यहरुले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली थालेको अनुसन्धानका क्रममा खुलेको छ । हालसम्म कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छैन ।

तर, त्यसमा भएको अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउने भन्दै १० लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म असूली गरेको पाइएको छ ।
झापामा एक जना एमाले नेताका अनुसार, सहसचिव पन्थीको नेतृत्वमा गणेशबहादुर केसी विज्ञ र शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य रहेको कार्यदल गठन भएबाटै गिरोहका सदस्यहरु सलबलाएका थिए ।

प्रहरीले पक्राउ गरेका राई स्वयम् मोरङको पथरी शनिश्चरी वडा नं १० का वडाध्यक्ष थिए । उनले शरणार्थी बनेर अमेरिका जाने मान्छेहरु खोजी गर्ने काम गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

‘विभिन्न जिल्लामा फरकफरक व्यक्तिले मान्छे खोजी गरेर रकम उठाएको पाइएको छ’, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा। मनोज केसी भन्छन्, ‘प्रहरीकहाँ मात्रै १४५ जनाको उजुरी परेको छ ।’

प्रहरीका अनुसार उनीहरुले कम्तिमा १० लाखदेखि ५० लाख रुपैयाँसम्म गिरोहका सदस्यलाई बुझाएका थिए । कतिपयले अमेरिका सपना देखेर घरखेत विक्री गरेर समेत पैसा बुझाएको प्रहरीसमक्ष बताएका छन् ।

पटकपटक आश्वसन दिइए पनि उनीहरुले शरणार्थीको परिचय पत्र पाएका थिएनन् । न प्रक्रियाबारे नै जानकारी पाएका थिए । प्रहरीका अनुसार पीडितहरुको दबाब आउन थालेपछि यो गिरोहका सदस्यहरुले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनको अनुसूचीमा नामहरु थप गरेर प्रतिलिपि बाँडेको पाइएको छ ।