२२ बैशाख, २०८१ शनिबार

05:21:47 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डाटा रिकभरी नभएपछि लोकसेवा आयोगद्वारा पुनःदरखास्त आह्वान

Nepal Business

२० बैशाख, २०८०

आयोगले गत मङ्सिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनःदरखास्त आह्वान गरिएको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनःदरखास्त पेस गरी सक्नुपर्नेछ ।

डाटा रिकभरी नभएपछि लोकसेवा आयोगद्वारा पुनःदरखास्त आह्वान

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । 

आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनःदरखास्त गर्नुपरेको बताउनुभयो । 

“डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा विसं २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकीन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “डाटा रिकभरी भएपछि अनिश्चितकालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यलाई यथास्थितिमा राखिरहन नमिल्ने भएकाले यही वैशाख १४ गतेको आयोगको निर्णयले पुनःदरखास्तका लागि आह्वान गरिएको हो ।”

आयोगले गत मङ्सिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनःदरखास्त आह्वान गरिएको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनःदरखास्त पेस गरी सक्नुपर्नेछ । 

विसं २०७९ मङ्सिर महिनामा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी ९अप्राविधिक० शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुस महिनामा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणीको अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी ९प्राविधिक० नायब सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणको डाटा हराएको हो । 

पूर्वउम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण  सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको हुँदा पुनःदरखास्त पेस गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनुपर्ने छैन ।