१६ चैत, २०८० शुक्रबार

05:48:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी डलर सटहीको सीमा बढाइयो

Nepal Business

१७ बैशाख, २०८०

उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिनेछ

अमेरिकी डलर सटहीको सीमा बढाइयो

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । 

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ । 

यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ ।
    
 “नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिनेछ”, संशोधन गरिएको परिपत्रमा भनिएको छ, “तर विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिनेछ ।”
    
 राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत् विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ । 

“शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ”, एकीकृत परिपत्रमा भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।