१७ बैशाख, २०८१ सोमबार

11:19:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैशाख १० मा उपनिर्वाचन क्षेत्रमा बिदा, वैशाख ८ देखि मतदानस्थल र सरकारी कार्यालय बिदा

Nepal Business

८ बैशाख, २०८०

गृह प्रवक्ता जितेन्द्र बस्नेतले आज एक सूचना जारी गरी उक्त बिदाबारे जानकारी गराएका हुन् ।

वैशाख १० मा उपनिर्वाचन क्षेत्रमा बिदा, वैशाख ८ देखि मतदानस्थल र सरकारी कार्यालय बिदा

सरकारले वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा सार्वजनिक विदा दिने तथा मतदान हुने विद्यालय र सरकारी निकायलाई वैशाख ८ गतेदेखिनै विदा दिने निर्णय गरेको छ ।

‘प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने बाराको निर्वाचन क्षेत्र नम्बर–२, चितवनको क्षेत्र नम्बर–२ र तनहुँको क्षेत्र नम्बर–१ म वैशाख १० गते निर्वाचन हुने छ । त्यसका लागि मतदानस्थल भएको विद्यालय तथा सरकारी निकायहरुमा वैशाख ८ देखि १० गतेसम्म विदा हुने छ । 

गृह प्रवक्ता जितेन्द्र बस्नेतले आज एक सूचना जारी गरी उक्त बिदाबारे जानकारी गराएका हुन् ।  

‘प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने बाराको निर्वाचन क्षेत्र नम्बर–२, चितवनको क्षेत्र नम्बर–२ र तनहुँको क्षेत्र नम्बर–१ म वैशाख १० गते निर्वाचन हुने छ । त्यसका लागि मतदानस्थल भएको विद्यालय तथा सरकारी निकायहरुमा वैशाख ८ देखि १० गतेसम्म विदा हुने छ । 

यस्तै मतदानको दिन वैशाख १० गते आइतबार सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।