२१ बैशाख, २०८१ शुक्रबार

07:47:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारसँगको आजको वार्तामा मिटरब्याज पीडितले राखे लिखत खारेज र मुद्दा पुनरावलोकनको माग

Nepal Business

२७ चैत, २०७९

पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको पीडित पक्षका मृग नबिनले जानकारी दिए ।

सरकारसँगको आजको वार्तामा  मिटरब्याज पीडितले राखे लिखत खारेज र मुद्दा पुनरावलोकनको माग

काठमाडौँ । सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधिबीच सोमबार भएको वार्ता सकारात्मक भएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेको पीडितहरुले बताएका छन् ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेको पीडितहरुले बताएका छन् ।

पीडितहरुले मिटरब्याजीका लिखत खारेज र फैसला भएको मुद्दा पुनरावलोकनको माग मुख्य रुपमा राखेका छन् ।

त्यसक्रममा पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको पीडित पक्षका मृग नबिनले जानकारी दिए ।

उनका अनुसार वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको छ ।  उनले वार्ता संवाद जारी राख्दै निर्णायक चरणको आन्दोलन पनि गर्ने बताए ।

उनले यसअघि पीडितहरूसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएको बताए । उनले मंगलबार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी आजको वार्ता सकिएको बताए ।

उनले मिटरब्याजी पीडितहरू राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताए ।