२० बैशाख, २०८१ बिहिबार

09:53:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२० रुपैयाँमा पाइने नुन किमाथांका पुग्दा १०० रुपैयाँ

Nepal Business

२६ चैत, २०७९

भोटखोलाका हटिया बजारसम्म जेनतेन ट्र्याक्टर पुग्छ । यो पनि सदरमुकाम खाँदबारीबाट करिब ८२ किलोमिटर टाढा हो । त्यहाँबाट झन्डै सय किलोमिटर भने खच्चड र भरियाबाट ढुवानी गर्नुपर्छ । त्यो दूरी छिचोल्न ठ्याक्कै ३ दिन लाग्छ । त्यसपछि मात्रै भरिया र खच्चड किमाथांका पुग्छन् । ‘त्यसैले हामी साह्रै भान्सामा परेका छौं, नुनतेल किनेर खाइसक्नु छैन ।’

२० रुपैयाँमा पाइने नुन किमाथांका पुग्दा १०० रुपैयाँ

किमाथांकाका पासाङ भोटेले एक किलोमिटर पर्तिर तिब्बतको चाँगा र देन्दाङ बजारमा पाइला नटेकेको तीन वर्ष बित्यो । विगतमा उनले यिनै दुई बजारबाट नुनतेल किन्ने हो ।

सीमा प्रहरी चौकी किमाथांकासँग अस्थायी अनुमतिपत्र लिएर पासाङ आधा घण्टा ओरालो हिँड्थे । अनि उताबाट नुनतेल किनेर ल्याई गर्जो टार्थे । कोरोनाकालपछि अवस्था पहिलेको जस्तो रहेन । किमाथांका नाका तिब्बततर्फबाट पूर्ण रूपमा बन्द गरिएको छ । वारिपारि आउजाउ ठप्प छ । 

‘सदरमुकाम खाँदबारीबाट लगिएको नुनतेल महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘नाका खुला हुँदा तिब्बतका बजारबाट दैनिक उपभोग्य सामान किनेर खान्थ्यौं ।’ भोटेका अनुसार तिब्बतका सामान धेरै सस्तोमा पाइन्थ्यो । सदरमुकामबाट भरिया र खच्चडलाई बोकाएर ल्याइएका सामान ढुवानी भाडाले नै धेरै महँगो पर्छ । सदरमुकाम खाँदबारीमा २० रुपैयाँमा पाइने नुन किमाथांका पुग्दा १ सय रुपैयाँ पर्छ ।

‘सदरमुकाम खाँदबारीबाट लगिएको नुनतेल महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘नाका खुला हुँदा तिब्बतका बजारबाट दैनिक उपभोग्य सामान किनेर खान्थ्यौं ।’ भोटेका अनुसार तिब्बतका सामान धेरै सस्तोमा पाइन्थ्यो । सदरमुकामबाट भरिया र खच्चडलाई बोकाएर ल्याइएका सामान ढुवानी भाडाले नै धेरै महँगो पर्छ । सदरमुकाम खाँदबारीमा २० रुपैयाँमा पाइने नुन किमाथांका पुग्दा १ सय रुपैयाँ पर्छ ।

भोटखोलाका हटिया बजारसम्म जेनतेन ट्र्याक्टर पुग्छ । यो पनि सदरमुकाम खाँदबारीबाट करिब ८२ किलोमिटर टाढा हो । त्यहाँबाट झन्डै सय किलोमिटर भने खच्चड र भरियाबाट ढुवानी गर्नुपर्छ । त्यो दूरी छिचोल्न ठ्याक्कै ३ दिन लाग्छ । त्यसपछि मात्रै भरिया र खच्चड किमाथांका पुग्छन् । ‘त्यसैले हामी साह्रै भान्सामा परेका छौं, नुनतेल किनेर खाइसक्नु छैन ।’ 

भोटेका अनुसार सदरमुकाम खाँदबारीमा १ बोराको २ हजार पर्ने चामल किमाथांका पुग्दा स्थानीयले १० हजारसम्ममा किन्नुपर्छ । ‘ढुवानीका कारण समस्या छ,’ उनले भने, ‘किमाथांका नाका सरकारले खोलिदिए तिब्बतबाट सस्तोमा खानेकुरा ल्याउँथ्यौं ।’ किमाथांकाका अधिकत्तर स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का परेको उनले बताए । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो ।

नाका बन्दले चिनियाँ बजारबाट आयात हुन नसक्दा उत्तरी भोटखोला क्षेत्रमा खाद्यान्न अभाव देखिएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । चीन सरकारले २०७६ माघ ५ मा बन्द गरेको किमाथांका अझै खोलेको छैन । कोरोना महामारीलाई कारण मान्दै नाका बन्द गरिए पनि ३ वर्षको अवधिमा भोटखोला गाउँपालिकामा एक जना पनि संक्रमित भेटिएनन् । तर, नाका भने अझै खुलेको छैन । 

खाँदबारीबाट भरिया र खच्चडमा पुर्‍याइने खाद्यवस्तु चर्को ढुवानी भाडाले अचाक्ली महँगो भएको उनले सुनाए । ‘नाका कहिले खुल्ने प्रतीक्षामा छौं । सरकारलाई पनि घच्चघच्याउँदै छौं,’ उनले भने, ‘यही अवस्था रहे भोटखोलामा खाद्य संकट हुन्छ ।’

नेपाल–चीन अधिकारीहरूको गत मार्च अन्तिम साता तिब्बतको ल्हासामा बैठक भएको थियो । उक्त बैठकले पनि नाका खोल्ने विषयमा ठोस पहल गर्न नसकेकोमा भोटे चिन्तित छन् । भोटखोला गाउँपालिकाले शुक्रबार किमाथांका नाका खुलाउन नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ । गाउँपालिकाका अध्यक्ष, प्रदेश सांसद राजेन्द्र कार्कीसहितको टोलीले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खोल्न माग गरेको छ ।

काठमाडौं पुगेको टोलीले गाउँपालिकाका लागि आउँदो वर्ष बजेट बढाइदिन पनि माग गरेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले गृह मन्त्रालयमा नाका खोल्ने र यहाँका समस्याका बारेमा पटकपटक जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । ‘त्यहाँका समस्या देखेर हामीले नाका खोल्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘भोटखोलाका समस्याका बारेमा लेखेर पठाएका छौं ।’

भोटखोला क्षेत्रमा कोदो र आलु मात्र फल्छ, धान फल्दैन । करिब ५ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार तिब्बती क्षेत्र नै हुन् ।


कान्तिपुर