२२ बैशाख, २०८१ शनिबार

12:17:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारीप्रति आक्रामक बन्दै ललितपुर, २६ वटा सहकारीमाथि कारवाही गर्दै

Nepal Business

२५ चैत, २०७९

तर २६ वटा सहकारी संस्थाहरुले ५ वर्ष भन्दा बढी अवधिदेखि ऐनको माथि उल्लेखित प्रावधान अनुसार लेखा परिक्षण गर्ने, साधारण सभा गर्ने तथा विवरण बुझाउने कार्य गरेको नदेखिएको हुँदा महानगरले ति सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

सहकारीप्रति आक्रामक बन्दै ललितपुर, २६ वटा सहकारीमाथि कारवाही गर्दै

 ललितपुर महानगरले सहकारी संस्थालाई कारवाहीको तयारी गरेको छ । महानगरको उद्योग तथा सहकारी शाखाले ५ वर्ष वा सो भन्दा बढी समयसम्म प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्ने, दफा ५३ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ६ महिना भित्र संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने तथा दफा ५१ को उपदफा ९१० बमोजिमको विवरण शाखामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्ने, दफा ५३ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ६ महिना भित्र संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने तथा दफा ५१ को उपदफा ९१० बमोजिमको विवरण शाखामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

तर २६ वटा सहकारी संस्थाहरुले ५ वर्ष भन्दा बढी अवधिदेखि ऐनको माथि उल्लेखित प्रावधान अनुसार लेखा परिक्षण गर्ने, साधारण सभा गर्ने तथा विवरण बुझाउने कार्य गरेको नदेखिएको हुँदा महानगरले ति सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

महानगरले आज सर्वजनिक सूचना जारी गर्दै  यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र संस्थाको वार्षिक साधारण सभा गरी लेखा परीक्षण प्रतिवेदन सहितको विवरण शाखामा बुझाई विवरण अध्यावधिक गर्नरगराउनु सूचित गरेको छ। सूचनामा तोकिएको समय भित्र उल्लेखित कार्य सम्पन्न नगरे नगराएमा महानगरपालिकाको सहकारी ऐन बमोजिम कारवाही हुने महानगरले जनाएको छ।