३ मंसिर, २०८१ सोमबार

11:39:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ खर्ब ८६ अर्बको लगानी प्रस्ताव सहित ६ महिनामा १ सय ५४ उद्योग दर्ता

Nepal Business

१३ माघ, २०७८

 १ खर्ब ८६ अर्बको लगानी प्रस्ताव सहित ६ महिनामा १ सय ५४ उद्योग दर्ता

काठमाण्डौं
चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालमा १ सय ५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा ५१ वटा बढी उद्योग दर्ता भएको हो।
उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा  ४५ वटा ठूला उद्योग, ५७ वटा मझौला उद्योग र ५२ वटा  साना उद्योग दर्ता भएका छन्। यि सबै उद्योगहरुको कुल १ खर्ब ८६ अर्ब लगानी प्रस्ताव रहेको उहाँले बताउनु भयो ।
गत वर्ष यसै अवधिमा १ सय ३ वटा उद्योग दर्ता भएको तथ्यांक शाखा प्रमुख पुष्प शिवाकोटीले जानकारी दिनुभयो । तर अहिले गतवर्ष भन्दा ५१ वटा उद्योग बढि दर्ता भएका छन जस्ले कम्तीमा १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने उल्लेख गरेको शिवाकोटीले बताउनु भयो । पछिल्लो समयमा थपिएका उद्योगहरुबाट थप रोजगारी  सृजना हुने र उत्पादनमा आत्मनिर्भर हुँदै जाने अवस्था बढ्दै गएको उहाँ बताउनु हुन्छ ।   

उहाँले कूल १ खर्ब ८६ अर्ब लगानी प्रस्ताव मध्ये  ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको बताउनु भयो। पुसमसान्तसम्म नेपालमा कुल ट्रेडमार्क दर्ता १६ सय ८० वटा दर्ता भएको जानकारी शिवाकोटीले दिनुभयो।