६ जेठ, २०८१ आइतबार

05:01:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जानकी फाइनान्स कम्पनीलाई ३ करोड ५५ लाख भन्दा बढी नाफा

१३ माघ, २०७८

जानकी फाइनान्स कम्पनीलाई ३ करोड ५५ लाख भन्दा बढी नाफा

काठमाण्डौं

वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महिनामा (दोस्रो त्रैमास) मा  ३ करोड ५५ लाख भन्दा बढी नाफा कमाएको छ ।  जानकी फाइनान्सले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण बिहिवार सार्वजनिक गरेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा  ३ करोड ३० लाख नोक्सानीमा रहेको थियो ।          

गत आवको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा ४ करोड २७ लाख ५१ हजार धनात्मक भएसँगै नाफामा सुधार आएको हो । कम्पनी नाफामा आएसँगै गत आवको दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी ११.०१ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा  ११.८५ धनात्मक भएको हो । 

चुक्ता पूँजीको ६० करोड ४ लाख रहेको कम्पनीले जगेडामा २० करोड ५४ लाख र रिटेण्ड अर्निङमा १३ करोड ५० लाख सञ्चित गरेको हो । त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी  ११.८५, मूल्य आम्दानी अनुपात ६० गुणा, तरलता अनुपात ३१.८५ प्रतिशत र प्रतिसेयर नेटवर्थ १५६.७१ रहेको छ ।