३ मंसिर, २०८१ सोमबार
11:29:41 AM
१३ माघ, २०७८
काठमाण्डौं
अमेरिकन कम्पनीले आकर्षक डिजाइन, नयाँ शैली र मौलिक विद्युतीय स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरेको छ । सेगवे.नाइनबटको स्र्माट बिजुली स्कुटर नेपालमा सार्वजनिक गरेको हो । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण कम्पनी सेगवे–नाइनबोटले नेपालमा स्कुटर सार्वजनिक गरेको हो ।
सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता एवम् वितरक कम्पनी बनेको छ । आईहव प्रालिका निर्देशक तथा सञ्चालक लोकेश ओलीका अनुसार नेपालमा सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्धन गर्ने उद्देश्यले स्कुटर सार्वजनिक गरिएको हो ।
सेगवेले नेपाली बजारमा ई–१०० माघको तेस्रो हप्तादेखि उत्पादक वारेन्टीका साथ उपलब्ध गराउँदैछ । आईहव प्रालिले भविष्यमा योबाहेक सेगवे विद्युतीय स्कुटरका अन्य मोडलहरू समेत सार्वजनिक गर्ने भएकोे छ ।
सन् २००१ देखि अमेरिकी कम्पनी सेगवे दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र विद्युतीय सवारीहरूको उत्पादनको लागि प्रख्यात छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेता पनि विगतका वर्षहरूमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ । नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे आफूलाई यसमा उत्कृष्ट प्रमाणित गर्दै आएको छ ।