१८ बैशाख, २०८१ मंगलबार

06:30:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमाल समुदायद्धारा परम्परा र संस्कृति जोगाउन माग

Nepal Business

१९ चैत, २०७९

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमखु धनश्याम गिरीले काठमाडौँ उपत्यकामा पहिलेपहिले नेवार समुदायको संस्कृति मात्रै देखिने गरेकोमा अहिले हरेक समुदायका साँंस्कृतिक गतिविधि देखिन थालेको बताउनुभयो ।

कुमाल समुदायद्धारा परम्परा र संस्कृति जोगाउन माग

कुमाल समुदायले आफ्नो संस्कृति, परम्परा र भेषभुषाको संरक्षण गरी अधिकार सुनिश्चित गर्न माग गरेको छ । 

नेपाल कुमाल समाज सुधार समिति काठमाडौँको दोस्रो अधिवेशनका क्रममा आज समितिका केन्द्रिय अध्यक्ष विशाल कुमालले सामाजिक, आर्थिक र शैक्षिक रुपमा पछि परेको सिमान्तकृत कुमाल समुदायको संरक्षण, विकास र उनीहरुको दक्षता अभिवृद्धिमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । 

नेपाल कुमाल समाज सुधार समिति काठमाडौँको दोस्रो अधिवेशनका क्रममा  समितिका केन्द्रिय अध्यक्ष विशाल कुमालले सामाजिक, आर्थिक र शैक्षिक रुपमा पछि परेको सिमान्तकृत कुमाल समुदायको संरक्षण, विकास र उनीहरुको दक्षता अभिवृद्धिमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । 

स्थानीय सरकारको रुपमा रहेको हरेक पालिकाले पनि यसतर्फ ध्यान दिन नसकेको उहाँले बताउनुभयो । प्रदेश तथा स्थानीय तहमा कुमाल प्रतिनिधिहरु चुनिन नसक्नुले यस समुदायको अबस्था कस्तो छ भनेर यथार्थ चित्रण आउने उल्लेख गर्दै उहाँले कुमाल सुमदायलाई शैक्षिक तथा शीप प्रदान गरी शिक्षित र आर्थिक रुपमा सबल बनाउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले कुमाल समुदायको भाषा, संस्कृति, रहनसहन भेषभूषाको अनुसन्धान गर्न पनि सरकारसँग माग गर्नुभएको छ । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमखु धनश्याम गिरीले काठमाडौँ उपत्यकामा पहिलेपहिले नेवार समुदायको संस्कृति मात्रै देखिने गरेकोमा अहिले हरेक समुदायका साँंस्कृतिक गतिविधि देखिन थालेको बताउनुभयो । 

उहाँले अब कुमाल समुदायको संस्कृति पनि काठमाडौँमा देख्न पाइने भन्दै खुसी व्यक्त गर्नुभयो । यो समुदायको संस्कृति प्रवद्र्धन र शीप विकासका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । 

समारोहमा समितिका कोषाध्यष शान्ति कुमारलले १० वर्ष अघि कार्यक्रम गर्दा कुमाल समुदाय खोज्नुपर्ने अबस्था रहेकोमा अहिले भने संगठित भएकाले स्वतफूर्त उपस्थित हुने गरेको अनुभव सुनाउनुभयो । सो क्रममा अन्तराष्ट्रिय पौडी खेलाडी विकास कुमाल र युवा उद्यमी डेभिड कुमाललाई सम्मान गरिएको थियो ।