३ मंसिर, २०८१ सोमबार
11:34:29 AM
१३ माघ, २०७८
काठमाण्डौं
बिजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित साहारा एप र ग्रिनसिटी अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट पाउने भएका हुन् ।
ग्राहकहरुले सो छुट अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार पाउनेछन् । साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक कृष्ण विडारीले छुट सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिनुभएको हो । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै अस्पतालका बजार प्रबन्धक कृष्ण विडारीले साहारा एपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो ।
कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् । यस अघि कम्पनिले अजोड इन्सोरेन्ससँग इन्सुरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्सुरेन्स सुविधा पाउने कम्पनिका सिइओ विशाल जिसीले जानकारी दिनुभयो ।