६ जेठ, २०८१ आइतबार

04:14:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिप्रोक्स लघुवित्तको ३३ करोडभन्दा बढी नाफा

१३ माघ, २०७८

डिप्रोक्स लघुवित्तको ३३ करोडभन्दा बढी नाफा

काठमाण्डौं

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । बिहीवार सार्वजनिक गरेको कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ३.२३ प्रतिशत बृद्धि भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले ३२ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सञ्चालन घाटामा सुधार आई  ४७ करोड २९ लाखभन्दा बढी सञ्चालन नाफा भएकाले कम्पनीले खुद नाफामा बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ९२ करोड ५१ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको थियो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा कम रकम छुट्याएकाले कम्पनीको सञ्चालन घाटामा सुधार आएको हो ।

गत वर्ष १ अर्ब ४० करोडभन्दा बढी रकम छुट्याएको कम्पनीले यस वर्ष  ३ करोड ३८ लाखभन्दा बढी रकम छुट्याएको हो । कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ०.५९ प्रतिशत रहेको छ । गत वर्ष यो कर्जा अनुपात ०.६२ प्रतिशत थियो । वार्षिक प्रतिशेयर आम्दानी  ४८.२१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९८.२० रहेको छ ।

३८ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी १ अर्ब ३८ करोड ७४ लाखभन्दा बढी पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १३.२५ प्रतिशत बढी  १ अर्ब ३६ करोडभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १०.४३ प्रतिशत बढी  ७ अर्ब ५४ करोड कर्जा सापटी लिएको कम्पनीले २३.४७ प्रतिशत बढी  १७  अर्ब ९ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा २७.८२ प्रतिशत बढी ७ अर्ब ३९ करोड रुपैयाँ भएको छ ।