३ मंसिर, २०८१ सोमबार
11:34:30 AM
१३ माघ, २०७८
काठमाण्डौं
ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा (नलेज मिस्ट्रो) अनलाईन हाजिरजवाफ प्रतियोगिता हुने भएको छ । एक दिने अनलाईन हाजिरीजवाफ प्रतियोगतामा १६– २४ वर्षका युवावर्गहरुले भाग लिन सक्ने ग्लोकल अफ्टर स्कुले जानकारी दिएको हो ।
यो प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको हो । विगतका दिनहरूमा यसका ४ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको थियो ।
यो प्रतियोगिता फेब्रुअरी १२ तारिकका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक विधामा सञ्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ ।
दुबै विधा प्रतियोगिताका बिजेता, पहिलो रनरअप रदोस्रो रनरअपलाई क्रमशः १५ हजार, १० हजार पाँच हजार रुपैयाँ नगद पुरस्कार दिइने छ। सो प्रतियोगितामा माग लिन प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्ने, सबै प्रतियोगीसँग ल्यापटप र मोबाइल हुनुपर्ने, सहभागीहरूसँग नेटवर्क जडान हुनुपर्ने र यदि प्रतियोगितामा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुने छैन ।