१४ बैशाख, २०८१ शुक्रबार

09:11:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

Nepal Business

१२ चैत, २०७९

नेकपा एमाले का दिलकुमारी रावल थापाले धेरै प्राणघातक रोगले नागरिकले दुःख पाइरहेको अवस्थामा पीडितले उपचार प्रभावकारीरूपमा गर्न नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वीर अस्पताल, क्यान्सर अस्पताल भरतपुरजस्ता सरकारी अस्पतालमा पनि बिरामी परीक्षण गर्ने मेसिन नभएको उल्लेख गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्र का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उहाँले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्र्न आवश्यक कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

“मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने खालको सहमति गरेको थियो, देशभरबाट तीन हजारबाट पीडितको निवेदन गृहमन्त्रालयमा परेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारले बनाएको कार्यदलले १० वटा कानून संशोधन गर्न सिफारिस गरेको छ, त्यो कानून जतिसक्दो छिटो संशोधन हुनुपर्ने जरुरी छ, कानून नहुँदा पीडितहरूरुले दुःख पाएका छन् ।”

“मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने खालको सहमति गरेको थियो, देशभरबाट तीन हजारबाट पीडितको निवेदन गृहमन्त्रालयमा परेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारले बनाएको कार्यदलले १० वटा कानून संशोधन गर्न सिफारिस गरेको छ, त्यो कानून जतिसक्दो छिटो संशोधन हुनुपर्ने जरुरी छ, कानून नहुँदा पीडितहरूरुले दुःख पाएका छन् ।”

  नेकपा एमाले का दिलकुमारी रावल थापाले धेरै प्राणघातक रोगले नागरिकले दुःख पाइरहेको अवस्थामा पीडितले उपचार प्रभावकारीरूपमा गर्न नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वीर अस्पताल, क्यान्सर अस्पताल भरतपुरजस्ता सरकारी अस्पतालमा पनि बिरामी परीक्षण गर्ने मेसिन नभएको उल्लेख गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

 नेपाली कांग्रेसका अनिता देवकोटाले देशमा रोजगारीको अवसर नदेखेर विद्यार्थीले एसइईको परीक्षापछि खाडीमा भेटुँला भनेको तस्बीर देखेर निकै मर्माहत बनाएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै देशमा युवालाई रोजगारी, शिक्षा र स्वास्थ्यको उचित वातावरण बनाउन आग्रह गर्नुभयो ।

  नेकपा एकीकृत समाजवादी का जयन्ती राईले नेपालीलाई वैदेशिक रोजागारी, शिक्षा, स्वास्थ्य आदिका लागि विदेश जानुपर्ने बाध्यताजस्तो देखा परेको र धेरै महिलाले वैदेशिक रोजगारीमा दुःख पाएर फर्र्किएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गम्भीर भएर सोच्न आग्रह गर्नुभयो ।

वैदेशिक रोजगार व्यवसायीले नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाइरहेको हुनाले अवोध, गरिब निमुखा जनताले भोग्नुपरेको उल्लेख गर्दै उहाँले  मानसिकरूपमा विक्षिप्त भएर फर्किएका नेपालीलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

 सांसद बामदेव गौतमले देशमा सुशासन कायम गर्न वर्णाश्रम व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै वर्णाश्रमको व्यवस्थाले जातियताको रूप लिएको हुनाले अन्त्य गर्नुपर्नेमा सरकारसँग माग गर्नुभयो । नेकपा ९एमाले० का तुलसाकुमारी दाहालले नेपालका अल्पसङ्ख्यक समुदाय राउटेलाई सरकारले उचित संरक्षण, सेचतनाको विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।