७ मंसिर, २०८१ शुक्रबार

04:10:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल सर्बसम्मत, केही महिनामै अध्यक्ष बन्दै

Nepal Business

८ चैत, २०७९

परिसंघमा गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनोट हुने गर्छ । वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने व्यवस्था रहेको छ । अग्रवाल आरएमसी ग्रुप डन्डी, सिमेन्ट, फलाम, खाद्य उद्योगका साथै बैंक तथा बीमा क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल सर्बसम्मत, केही महिनामै अध्यक्ष बन्दै

नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ ।

परिसंघका पूर्वअध्यक्षसहितको गभर्निङ काउन्सिलले अग्रवाललाई सर्बसम्मतरुपमा बरिष्ठ उपाध्यक्षमा चयन गरिएको हो । अग्रवाल हाल परिसंघमा उपाध्यक्ष हुनुहुन्थ्यो । यसअघि बरिष्ठ उपाध्यक्ष छनौट गरिएको थिएन। बरिष्ठ उपाध्यक्ष चयनभएसँगै उहाँ अबको दुई महिनामा परिसंघको अध्यक्ष बन्नुहुनेछ ।

परिसंघका पूर्वअध्यक्षसहितको गभर्निङ काउन्सिलले अग्रवाललाई सर्बसम्मतरुपमा बरिष्ठ उपाध्यक्षमा चयन गरिएको हो ।

अग्रवाल हाल परिसंघमा उपाध्यक्ष हुनुहुन्थ्यो । यसअघि बरिष्ठ उपाध्यक्ष छनौट गरिएको थिएन। बरिष्ठ उपाध्यक्ष चयनभएसँगै उहाँ अबको दुई महिनामा परिसंघको अध्यक्ष बन्नुहुनेछ ।

परिसंघमा गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनोट हुने गर्छ । वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने व्यवस्था रहेको छ ।

अग्रवाल आरएमसी ग्रुप डन्डी, सिमेन्ट, फलाम, खाद्य उद्योगका साथै बैंक तथा बीमा क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

परिसंघ अध्यक्षको दुई वर्ष कार्यकाल रहन्छ। हालका अध्यक्ष विष्णु अग्रवालले २०७८ साउनमा पदभार ग्रहण गर्नुभएको थियो ।

यस हिसाबले राजेश अग्रवाल केही महिनाभित्रै अध्यक्ष बन्ने छन्। परिसंघको साधारणसभाको मिति भने तय भइसकेको छैन ।