१८ मंसिर, २०८१ मंगलबार
11:34:04 PM
३ चैत, २०७९
उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन हुनुभएको छ ।
विकास बैङ्कको साझा संस्था ‘डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ ।
सो संस्थाका अध्यक्षमा साङ्ग्रीला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन हुनुभएको छ । आज सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।
सो संस्थाका अध्यक्षमा साङ्ग्रीला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन हुनुभएको छ । आज सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।
उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यमा साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले विकास बैङ्कको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । आजका विकास बैङ्क व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैङ्कजस्तै रहेको बताउनुभयो ।
कूल ९० वटा विकास बैङ्क घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैङ्कको उपलब्धि भएको उहाँको भनाइ छ ।