१६ चैत, २०८० शुक्रबार

02:54:03 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसरी सम्पन्न भयो समृद्धि स्कुलको ‘एनुअल डे एण्ड एसकेजी ग्राजुएसन सेरेमनी’

Nepal Business

३ चैत, २०७९

कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरुका साथै विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएका थिए

 यसरी सम्पन्न भयो समृद्धि स्कुलको ‘एनुअल डे एण्ड एसकेजी ग्राजुएसन सेरेमनी’

काठमाडौंको बनस्थलीस्थित समृद्धि स्कुलको ‘अनुअल डे एण्ड एसकेजी ग्राजुएसन सेरेमनी’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहका बीच उक्त कार्यक्रम गरिएको थियो ।

विसं २०७९ को अन्त्य तथा नव वर्ष  २०८० को आगमनको पूर्वसन्ध्यामा यो वर्षको वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिमा समृद्धि स्कुलका अध्यक्ष मनोहरकुमार भट्टराई रहनुभएको थियो । प्रमुख अतिथि भट्टराई र स्कुलका प्रधानाध्यापक नरेश श्रेष्ठले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा समृद्धि स्कुलका प्रधानाध्यापक श्रेष्ठले स्थापना कालदेखि नै विद्यालयले विद्यार्थीहरुको वौद्धिक क्षमता विकास गरिरहेको तथा शैक्षिक उन्नति राम्रो भएको जानकारी दिनुभयो । विद्यालयले अध्यापनलाई मात्रै प्राथमिकता नदिएर  विद्यार्थीका अभिरुचि अनुसारका विषयवस्तुलाई समेत समेटिएको उहाँले बताउनुभयो ।

 ‘एक वर्ष पछाडि फर्केर हेर्ने हो भने अहिलेसम्म हामीले विद्यार्थीको वौद्धिक क्षमता धेरै वृद्धि गरेका छौँ, त्यसमा हामी निकै खुशी छौं, विद्यालयले एकेडेमिक एक्सिलेन्स त भएको छ नै त्यो सँगसँगै विद्यार्थीले रुचि अनुसारको विभिन्न क्षेत्रमा राम्रो गरिहेका छन्, त्यसमा हामीले सबैको साथ सहयोग पाएका छौं', उहाँले भन्नुभयो, ‘आगामी वर्षको कुरा गर्ने हो भने गर्दा पनि नतिजा राम्रो नै आउने छ, हामी विभिन्न कार्यक्रम गरी आएका छौं र आगामी दिनमा पनि राम्रा राम्रा कार्यक्रमहरु ल्याउने नै छौं । यसले विद्यार्थीहरुको स्तर उन्नती पनि राम्रो नै हुने विश्वास लिएका छौं ।’

कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरुका साथै विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न प्रमाणपत्रहरु पनि प्रदान गरिएको थियो ।