३ मंसिर, २०८१ सोमबार
11:42:45 AM
१२ माघ, २०७८
काठमाण्डौ ।
नेपाल विजनेश संवाददाता ।
लामो समयदेखि बुक बिल्डिङ प्रक्रिया मार्फत आइपिओ जारी गर्न दौडधुपमा रहेको सर्वोत्तम सिमेन्टलाई फेरी झट्का लागेको छ । सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपाने भ्रष्टाचारमा मुछिनु भएको छ । उहाँ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ करोड ३१ लाख बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धितोपत्रबोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाले पदबाट राजीनामा समेत दिनुपरेको थियो । नेपाल स्टक एक्सचेन्जका तत्कालिन अध्यक्ष चन्द्रसिंह साउँद, व्यवसायी चन्द्र ढकालले पनि भित्रि सेयर खरिद गरेको फेला परेको थियो ।
राज्यलाई मोटो रकम नोक्सानी पु¥याएको आरोप सिमेन्टका सञ्चालकलाई छ । सर्वोत्तम पटक–पटक विभिन्न काण्डमा मुछिदै आएको छ ।
यस अघि सर्वोत्तमले सर्वसाधारणका लागि सेयर निष्काशन नहँुदै नियामकका परिवारलाई भित्रि कारोबार मार्फत सेयर बेचेको पाइएको थियो । सर्वोत्तमले सेयर बजारको नियामकका परिवारलाई नै सेयर बेचेको समाचार बाहिरिएपछि सो काण्डमा मुछिएका नेपाल धितोपत्रबोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाले पदबाट राजीनामा समेत दिनुपरेको थियो । नेपाल स्टक एक्सचेन्जका तत्कालिन अध्यक्ष चन्द्रसिंह साउँद, व्यवसायी चन्द्र ढकालले पनि भित्रि सेयर खरिद गरेको फेला परेको थियो ।
सर्वोत्तमले गत महिना मात्र बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्न नेप्सेमा आवेदन बुझाएको छ । भर्खरै मात्र सम्पन्न भएको सर्बोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारणसभाले ६० लाख कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय गरिसकेको छ ।
गत वर्षनै यसले नेपाल धितोपत्र बोर्डमा प्रतिकित्ता ७ सय ५० रुपैयाँमा आइपिओ जारी गर्न प्रस्ताव गरेको थियो । तर यस बीचमा सर्वोत्तमलाई गैरकानुनी रुपमा सेयर विक्रि गरेको आरोप लागेको छ भने अहिले सिमेन्ट उत्पादनका क्रममा राज्यलाई मोटो रकम नोक्सानी पु¥याएको आरोप लागेको छ ।