४ बैशाख, २०८१ मंगलबार

11:43:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लघुवित्तको ऋणीको सङ्ख्या घट्यो

Nepal Business

३० फागुन, २०७९

असार मसान्तसम्म ३३ लाख ३ हजार ऋणीको संख्या रहेकामा पुस मसान्तमा आइपुग्दा ४३ हजारले घटेर ३२ लाख ६० हजार मात्रै रहेको छ ।

लघुवित्तको ऋणीको सङ्ख्या घट्यो

 लघुवित्त वित्तीय संस्थामा ऋणीको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ऋणीको संख्या ४३ हजारले घटेको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ऋणीको संख्या ४३ हजारले घटेको उल्लेख छ ।

असार मसान्तसम्म ३३ लाख ३ हजार ऋणीको संख्या रहेकामा पुस मसान्तमा आइपुग्दा ४३ हजारले घटेर ३२ लाख ६० हजार मात्रै रहेको छ ।

यो वर्षको सुरुदेखि नै ऋणीको संख्या घटेको रिपोर्टमा उल्लेख छ । गत आवको सोही अवधिमा भने ऋणीको संख्या बढेको थियो । गत आवको असार मसान्तमा ऋणीको संख्या २९ लाख ९२ हजार रहेको थियो भने पुस मसान्तमा ३१ लाख ७१ हजार पुगेको थियो ।