१४ बैशाख, २०८१ शुक्रबार

08:42:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ विकास बैंकहरुले गरेको ब्याजदर घटाउने निर्णय

Nepal Business

२९ फागुन, २०७९

एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम हुने छ । फागुनमा यस्तो निक्षेपको ब्याजदर पनि ११.७५ प्रतिशत नै थियो ।

यस्तो छ विकास बैंकहरुले गरेको ब्याजदर घटाउने निर्णय

विकास बैंकहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान)को आज बसेको बैठकले बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो।  

बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ। डिबानका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले व्यक्तिगत मुद्दति निक्षेपको हालको ब्याजदर ब्याजदर ११.७५ प्रतिशतबाट घटाएर ११.६० प्रतिशत कायम गरिएको बिजपाटीलाई बताए।  यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुन्छ।  

बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ। डिबानका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले व्यक्तिगत मुद्दति निक्षेपको हालको ब्याजदर ब्याजदर ११.७५ प्रतिशतबाट घटाएर ११.६० प्रतिशत कायम गरिएको बिजपाटीलाई बताए।  यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुन्छ।  

एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम हुने छ । फागुनमा यस्तो निक्षेपको ब्याजदर पनि ११.७५ प्रतिशत नै थियो । 

यस्तै विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए। 

डिबानले बचतको ब्याजदर पनि घटाउने निर्णय गरेको छ। बचतको ब्याजदर ०.१५ प्रतिशतले घटेको छ । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतका लागि यस्तो ब्याजदर न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ ।