८ बैशाख, २०८१ शनिबार

01:00:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारबाट थप १५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, मंगलबार बिल निष्काशन गर्ने

Nepal Business

२८ फागुन, २०७९

२८ दिन अवधिको ट्रेजरी बिल नयाँ हो भने बाँकि बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो ।

बजारबाट थप १५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, मंगलबार बिल निष्काशन गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । 

राष्ट्र बैंकले फागुन २९  गते सोमबार १५ अर्बको ट्रेजरी बिल बोलकबोल गरी मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले फागुन २९  गते सोमबार १५ अर्बको ट्रेजरी बिल बोलकबोल गरी मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । २८ दिन अवधिको  ट्रेजरी बिल नयाँ हो भने बाँकि बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो  ।   

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ। 

राष्ट्र बैंकले यस अघि फागुन २३ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।  

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। 

यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।