८ बैशाख, २०८१ शनिबार

01:39:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याज घट्न थाल्दा पनि व्यवसायिले किन सडक आन्दोलन छाडेनन्, के भन्छन् व्यवसायी ?

Nepal Business

२८ फागुन, २०७९

आगामी दिनमा कुनै पनि उद्योगी व्यवसायीले आत्मदाह गर्न नपरोस् भनेर आन्दोलनका लागि सडकमा आउनु परेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्य, राष्ट्र बैंकले आफ्नो माग पूरा नगरेको खण्डमा राष्ट्र बैंकमा धर्ना दिने तयारी गरेको बताए ।

ब्याज घट्न थाल्दा पनि व्यवसायिले किन सडक आन्दोलन छाडेनन्, के भन्छन् व्यवसायी ?

आफूहरुले एक वर्षदेखि राख्दै आएको माग पूरा नभएको भन्दै पूर्वका उद्योगी व्यवसायी राजधानीको माइतीघर आएर आन्दोलन गरेका छन् ।

बैंकहरुले लिएको चर्को ब्याजदरको विरोधमा एक वर्षदेखि व्यवसायीहरु सडक आन्दोलनमा छन् । आन्दोलन गर्दा पनि आफूहरुको माग राष्ट्र बैंक र सरकारले नसुनेको भन्दै आइतबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

बैंकहरुले लिएको चर्को ब्याजदरको विरोधमा एक वर्षदेखि व्यवसायीहरु सडक आन्दोलनमा छन् । आन्दोलन गर्दा पनि आफूहरुको माग राष्ट्र बैंक र सरकारले नसुनेको भन्दै आइतबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

आगामी दिनमा कुनै पनि उद्योगी व्यवसायीले आत्मदाह गर्न नपरोस् भनेर आन्दोलनका लागि सडकमा आउनु परेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्य, राष्ट्र बैंकले आफ्नो माग पूरा नगरेको खण्डमा राष्ट्र बैंकमा धर्ना दिने तयारी गरेको बताए ।

धर्ना दिएर कुरा सुनाउनु भनेको सबैका लागि ढिला हुने उनको धारणा छ । समय ढिला हुनुभन्दा अघि नै आफ्नो माग पुरा गर्न उनीहरुले आग्रह गरेका छन् ।

‘केन्द्रीय बैंकले लिएको नीतिले हाम्रा दर्जनौं साथीहरुले आत्महत्या गर्नु परेको छ’ अध्यक्ष रिजालले भने ‘बैंकहरुले पनि कडाइका साथ ऋण असुली गर्ने नीति लिएका छन् । धैर्यता राखेको छैन । 

२०औं वर्षदेखि उसले ब्याज, साँवा लिएको छ, विभिन्न शुल्क लिएको छ । आज राष्ट्र बैंकको नीतिका कारण, राज्यको नीतिमा केही त्रुटी हुँदा देश आर्थिक मन्दीमा जाँदा उद्योगी व्यवसायीले पैसा तिर्न २ महिना ढिला भयो भनेर दबाब गरेर तनाब दिएको छ । त्यसको जिम्मेवारी राष्ट्र बैंक हो ।’

उनले अहिले उद्योगी व्यवसायीलाई लिँदै आएको ब्याजदर एकल अंकमा ल्याउन, प्रमियम दर ५ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झार्नुपर्ने, चर्को रुपमा लिँदै आएको अन्य खालका शुल्क घटाउनु पर्ने माग रहेको अध्यक्ष रिजालले बताए । 

साना व्यवसायीसँग झुक्याएर प्रिमियम शुल्क लिने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने उनको भनाइ छ ।