२४ बैशाख, २०८१ सोमबार

12:00:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तेह्रथुमको आठराईमा भीषण आगलागी, जंगलबाट लागेको आगो वस्तीमा, ४ घर नष्ट

Nepal Business

२८ फागुन, २०७९

आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयलेवासीले प्रयास गरिरहेका छन् । तर आगो नियन्त्रण गर्न सकीएको छैन । बस्तीको बीचबीचमा जंगल रहेको र बेगले हावा चलिहरेकाले आगो नियन्त्रणमा कठिनाइ भएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

तेह्रथुमको आठराईमा भीषण आगलागी, जंगलबाट लागेको आगो वस्तीमा, ४ घर नष्ट

तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगास्थित होडा बस्तीमा आगलागी हुँदा ४ घर जलेका छन् ।

बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको वडाध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिए ।

बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको वडाध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिए । आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर जलेका छन् ।

आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयलेवासीले प्रयास गरिरहेका छन् । तर आगो नियन्त्रण गर्न सकीएको छैन । बस्तीको बीचबीचमा जंगल रहेको र बेगले हावा चलिहरेकाले आगो नियन्त्रणमा कठिनाइ भएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भइसकेको प्रारम्भीक अनुमान छ । दुई दिनअघि पनि छातेढुंगाकै अकबरे चोकमा आगलागी हुँदा एक घर जलेको थियो । जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा बस्तीका घरमा पनि आगो सल्किने गरेको छ ।