१४ बैशाख, २०८१ शुक्रबार

06:21:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्यार्थीलाई लाग्यो स्ववियु चुनाव,ठाउँठाउँमा झडप

Nepal Business

२७ फागुन, २०७९

अन्य जिल्लामा तालमेलको निर्णय हुन नसकेको नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले जानकारी दिए । तालमेल गर्दा अध्यक्ष लिएको स्थानमा सचिव र कोषाध्यक्ष अर्को संगठनबाट उम्मेदवार हुने मापदण्ड बनाइएको छ ।

विद्यार्थीलाई लाग्यो स्ववियु चुनाव,ठाउँठाउँमा झडप

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सत्तारुढ दलका विद्यार्थी संगठनले काठमाडौंका तीन जिल्लामा मात्रै तालमेल गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका क्याम्पसमा कांग्रेसको नेपाल विद्यार्थी संगठन, माओवादीको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले तालमेल गर्ने निर्णय अनुसार भागवण्डा गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका क्याम्पसमा कांग्रेसको नेपाल विद्यार्थी संगठन, माओवादीको अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले तालमेल गर्ने निर्णय अनुसार भागवण्डा गरिएको छ ।

अन्य जिल्लामा तालमेलको निर्णय हुन नसकेको नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले जानकारी दिए । तालमेल गर्दा अध्यक्ष लिएको स्थानमा सचिव र कोषाध्यक्ष अर्को संगठनबाट उम्मेदवार हुने मापदण्ड बनाइएको छ ।

कर्णका अनुसार नेविसंघले १५ क्याम्पसमा अध्यक्षमा उम्मेदवारी दिएको छ । अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति बनेको छ । तालमेल गर्दा विगतमा जितेको आधार र संगठनको बललाई आधार बनाइएको कर्णले बताए ।

नेविसंघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्श क्याम्पस, मीनभवन, महाराजगञ्ज चिकित्सा क्याम्पस, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसको सभापति पाएको छ ।