२५ बैशाख, २०८१ मंगलबार

05:13:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लघुवित्त विरोधी आन्दोलन रोक्न माग गर्दै प्रदर्शन, राजनीति नगर्न चेतावनी

Nepal Business

२६ फागुन, २०७९

लघुवित्तका विरुद्धमा गरिने संघर्षका भ्रमपूर्ण कार्यक्रमहरु तत्काल बन्द हुनु पर्ने माग गर्दै लघुवित्त संरक्षण तथा प्रवद्र्धन समितिको अगुवाईमा र्याली निकालिएको हो ।

लघुवित्त विरोधी आन्दोलन रोक्न माग गर्दै प्रदर्शन, राजनीति नगर्न चेतावनी

लघुवित्त बचाऔं भन्दै महिलाहरुले आज विराटनगरमा शान्तिपूर्ण ¥याली निकालेका छन् । 

लघुवित्तले पु¥याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई कायम राख्नु पर्दछ भन्दै महिलाहरु र्याली निकालिएको हो ।

लघुवित्तले पु¥याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई कायम राख्नु पर्दछ भन्दै महिलाहरु र्याली निकालिएको हो ।

लघुवित्तका विरुद्धमा गरिने संघर्षका भ्रमपूर्ण कार्यक्रमहरु तत्काल बन्द हुनु पर्ने माग गर्दै लघुवित्त संरक्षण तथा प्रवद्र्धन समितिको अगुवाईमा र्याली निकालिएको हो । 

र्यालीमा सहभागीले ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन’, ‘लघुवित्त रुपी बृक्षको रक्षा गरौं’, ‘गरिबहरुको वित्तीय पहूँच हुन पर्छ’ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

र्याली विराटनगर हाटखोलामा भेला भएर विराटनगर नगरक्षेत्र भित्र देवकोटा चोक, सिद्धार्थ चोक, हनुमान मन्दिर, अतिथि सदन, गोल्छा चोक, जिल्ला प्रशासन कार्यालय हुदै पुनः हाटखोलमा आई कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा महिलाहरुले लघुवित्तले सिकाएको सिपले आफूहरुले आफ्नो जीवन चलाएको, छोराछोरीलाई पढाएको, बेरोजगार रहेका श्रीमानहरुलाई समेत रोजगारी सृजना गराएको र कतिपय उद्यमीसमेत बनेको भन्दै लघुवित्तको प्रशंसा गरेका छन् । 

लघुवित्त संघर्ष समितिलाई चुनौति दिँदै महिलाहरुले लघुवित्त विरोधी आन्दोलन तत्काल नरोके प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।