२१ बैशाख, २०८१ शुक्रबार

07:33:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैशाखबाट ऋणको ब्याजदर घटाउने तयारी, निक्षेपको अझै घट्ने

Nepal Business

२४ फागुन, २०७९

ऋणको ब्याज निकै महँगो भएको भन्दै ऋण नतिर्ने अभियानसमेत सञ्चालन हुन थालिसकेको छ। त्यसमाथि सरकार र राष्ट्र बैंकलाई पनि ब्याज घटाएर बजारलाई गतिशील बनाउनुपर्ने दबाब छ। बैंकर पनि ऋण उठ्न छाडेपछि अर्को तनावमा छन्।

वैशाखबाट ऋणको ब्याजदर घटाउने तयारी, निक्षेपको अझै घट्ने

लागत उच्च पर्ने भएकाले एकातिर ऋणको माग नहुने, अर्कोतिर गएको ऋण ब्याजकै दबाबले भुक्तानी हुन छाडेपछि बैंकहरुले ऋण सस्तो पार्ने रणनीति लिने भएका छन्। 

माघमा १२.१३३ प्रतिशतको निक्षेपको ब्याज ११ प्रतिशतमा झारेका बैंकहरुले चैत १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर पुनस् घटाउने भएका छन्।

माघमा १२.१३३ प्रतिशतको निक्षेपको ब्याज ११ प्रतिशतमा झारेका बैंकहरुले चैत १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर पुन घटाउने भएका छन्।

निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ र आधार दर कम भएर जान्छ। आधार दर कम हुने बित्तिकै ऋणको ब्याज दर सस्तो हुन्छ।

ऋणको ब्याज निकै महँगो भएको भन्दै ऋण नतिर्ने अभियानसमेत सञ्चालन हुन थालिसकेको छ। त्यसमाथि सरकार र राष्ट्र बैंकलाई पनि ब्याज घटाएर बजारलाई गतिशील बनाउनुपर्ने दबाब छ। बैंकर पनि ऋण उठ्न छाडेपछि अर्को तनावमा छन्।

‘ब्याज घटाउनैपर्ने जस्तो अवस्था आएको छ,’ बैंकर्स संघका एक सदस्यले भने, ‘बैंककै ऋण पनि उठ्न छाडेको छ। पैसा हुँदासमेत महँगो ब्याजका कारण ऋणको माग आएको छैन।’ उनका अनुसार, माग र आपूर्तिको सिद्धान्तअनुसार नै ब्याज घटाउने पहल सुरु भएको छ।

नेपाल बैंकर्स संघले पनि सदस्य बैंकर सबैलाई डाकेर बिहीबार बिहान बैठक गर्दैछ। उसको प्रमुख एजेण्डा ‘चैतको ब्याज दर के गर्ने रु’ भन्नेमा केन्द्रित छ। ब्याज घटाउने दोस्रो उपायका बारेमा पनि संघमा छलफल हुने छ।

‘पहिलो त निक्षेपकै ब्याज घटाउनु पर्छ भन्ने एजेण्डामा छलफल हुने छ,’ ती बैंकरले भने, ‘मानौ एक प्रतिशत बिन्दुले ब्याज घटाउने निर्णय भएमा तत्कालै कुल स्रोतको २८ प्रतिशत निक्षेपको ब्याज कम हुने छ।’

अहिले बैंकहरुसँग कुल ४७ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप छ। यसको २८ प्रतिशत बचत निक्षेप छ। १३ खर्ब २८ अर्ब ८८ करोड रुपैयाँ बचत निक्षेपको ब्याज एक प्रतिशत बिन्दुले घट्दा बैंकिङ क्षेत्रको लागत १३ अर्ब २८ करोड रुपैयाँले घट्ने छ।

बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी पनि निक्षेपको ब्याज घटाएका थिए। १२.१३३ प्रतिशतको साधारण मुद्दतीको ब्याज उनीहरुले ११ प्रतिशतमा झारेका थिए। त्योबेला घटेको आधार दर समायोजन हुन पाएको थिएन।

अब माघको र चैतको आधार दर समायोजन भएर वैशाख १ गतेदेखि घटेको आधार दर कायम हुन्छ। यो आधार दरका आधारमा ऋणको ब्याज सस्तो हुन्छ।