२० बैशाख, २०८१ बिहिबार

10:30:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार वित्तीय संस्थाविरुद्ध उत्रने अराजक समूहलाई कठघरामा उभ्याउ : सिबिफिन

Nepal Business

२३ फागुन, २०७९

बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई तत्काल कारवाही गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले माग गरेको छ ।

सरकार वित्तीय संस्थाविरुद्ध उत्रने अराजक समूहलाई कठघरामा उभ्याउ :  सिबिफिन

बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई तत्काल कारवाही गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले माग गरेको छ ।

सिबिफिनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न माग गरेको हो ।

सिबिफिनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न माग गरेको हो ।

‘वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज र साँवा समेत नतिर्ने धम्की र कर्मचारीमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ,’ सिबिफिनले विज्ञप्तिमा भनेको छ, ‘संवेदनशील क्षेत्रमाथि भएका उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नुपर्ने र कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’