६ मंसिर, २०८१ बिहिबार

08:41:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्डविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेशी बिहीबार

Nepal Business

२३ फागुन, २०७९

प्रचण्डले तीन वर्षअघि माओवादी युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रचण्डविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेशी बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्धको द्वन्द्व पीडितहरूले संयुक्त रूपमा दिएको निवेदन दर्ता भएको हो । 

यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले बिहीबारका लागि पेसीसमेत तोकेको छ । 

यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले बिहीबारका लागि पेसीसमेत तोकेको छ । 

प्रचण्डले तीन वर्षअघि माओवादी युद्धका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

सर्वोच्चमा मुद्दा दर्ता हुनुअघि आजै बिहान बसेको माओवादी धारका नेताहरूको बैठकले शान्ति सम्झौताविरुद्धका गतिविधिको प्रतिवाद गर्न एकमत रहेको निर्णय गरेको थियो ।