३ मंसिर, २०८१ सोमबार
12:34:08 PM
१२ माघ, २०७८
काठमाण्डौं
सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । सभाले महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णयमा पुगेको जनाएको छ ।
लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७७÷२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय पनि गरिएको हो ।
साधारण सभाले विशेष प्रस्तावहरु अन्तर्गत ६० लाख कित्ता बराबरको आईपिओ निष्कासन बुक बिल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव पारित गरेको छ ।