२० बैशाख, २०८१ बिहिबार

08:42:29 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लघुवित्तका कर्मचारीलाई कलोमोसो दलियो : लघुवित्त बैंकर्स संघद्धारा सुरक्षाको माग

Nepal Business

१७ फागुन, २०७९

हाल देशमा अराजकताको अवस्था सिर्जना हुदै गएको भन्दै संघले यस्तो परिस्थतीमा कत्ति पनि विचलित नभै आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी कर्मचारीहरुलाई अनुरोध गरेको छ।

लघुवित्तका कर्मचारीलाई कलोमोसो दलियो : लघुवित्त बैंकर्स संघद्धारा सुरक्षाको माग

लघुवित्तका कर्मचारीमाथि कालो मोसो दल्ने कार्य हुन लागेपछि लघुवित्त बैंकर्स संघले आपत्ति प्रकट गर्दै सो निन्दा तथा भर्त्सना गर्दछ । संघले  सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग अपिल पनि गरेको छ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपाल प्रसाद उपाध्यायलाई अज्ञात समुहले कुटपिट सहित कालो मोसो दली अपमानजनक व्यवहार गर्दै समुहबाट संकलन भएको रकम समेत लुटेर फरार भएको घटना प्रति नेपाल लघुवित्त बैंकर्स संघ घोर आपत्ती प्रकट गर्दै र यस कार्यको निन्दा तथा भर्त्सना गरेको हो।

संघले बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गरेको हो। 
साथै संघले सम्पूर्ण लघुवित्तका कर्मचारी तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीहरु यो विषम परिस्थितीमा सजग, सचेत र संयमतापूर्वक आफ्ना ग्राहक सदस्य, अभिभावक र स्थानीय निकायसंग समन्वय गरी कार्य गर्न पनि अपिल गरेको छ।

हाल देशमा अराजकताको अवस्था सिर्जना हुदै गएको भन्दै संघले यस्तो परिस्थतीमा कत्ति पनि विचलित नभै आफ्नो सुरक्षाको ख्याल गर्न पनि लघुवित्तकर्मी कर्मचारीहरुलाई अनुरोध गरेको छ।