६ जेठ, २०८१ आइतबार

06:13:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८ करोड

१२ माघ, २०७८

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८ करोड

स्याङजा
पछिल्लो ६ महिनामा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको  वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३ गुणा बढी भएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ४० लाखभन्दा बढी खुद नाफा भएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले  २ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ६.६५ गुणा बढी भएको छ । गत वर्ष  ९५ लाख ७५ हजार रहेको सञ्चालन नाफा यस वर्ष ६ करोड ३७ लाखभन्दा बढी रहेको छ । गत वर्षको भन्दा यस वर्ष सम्भावित जोखिम शिर्षकमा कम रकम छुट्याएकाले सञ्चालन नाफामा बृद्धि भएको हो ।


कम्पनीले गत वर्ष सम्भावित जोखिम शिर्षकमा ६ करोड ९३ लाखभन्दा बढी छुट्याएको कम्पनीले यस वर्ष ३ करोड ४३ लाखभन्दा बढी मात्र छुट्याएको हो । हाल कम्पनीको चुक्तापूँजी २७ करोड ६८ लाखभन्दा बढी छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा २६.५९ प्रतिशत बढेर २२ करोडभन्दा बढी कायम भएको हो ।


गत वर्षभन्दा १९ प्रतिशत बढी  १ अर्ब ३४ करोड ५१ लाख निक्षेप संकलन गरेको कम्पनीले ३२.९७ प्रतिशत बढी  ३ अर्ब ५३ करोड ४५ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष ४.६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३.८७ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी  ६०.७४ र प्रतिशेयर नेटवर्थ  १७९.७२ भएको छ ।