७ मंसिर, २०८१ शुक्रबार

03:05:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै, सदस्यले निक्षेप फिर्ता पाउन सकेनन्

Nepal Business

१३ फागुन, २०७९

सहकारीमा सङ्गठित सदस्यलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवद्र्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा हो ।

ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै, सदस्यले निक्षेप फिर्ता पाउन सकेनन्

पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो ।

विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिनुभयो ।

विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिनुभयो ।

सहकारीमा सङ्गठित सदस्यलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवद्र्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा हो ।

सर्वसाधारणलाई ठगेका यस्ता संस्थालाई कडा कारबाही गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको अर्थविद् राधेश्याम मालाकारले बताउनुभयो । यस अवधारणाअनुसार व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्छ । जुन उद्देश्यका लागि सहकारी संस्था खोलिए पनि ती उद्देश्यअनुसार कार्य पूरा नहँुदा तथा नियमनकारी संस्थाबाट आवश्यक प्रभावकारी भूमिका निर्वाह नगर्दा ठगी बढ्दै गएको छ ।

संस्था सञ्चालक तथा पदाधिकारीले सदस्यलाई सुनियोजितरूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधिसम्म बचत गर्न लगाउने, सङ्कलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्न नयाँ सदस्य थप गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्नेजस्ता कार्यले यस क्षेत्रमा आएको जोखिमले समस्या बढ्दै गएको छ ।

संस्थाको एउटा उद्देश्य देखाई रकम सङ्कलन गरी उद्देश्यअनुरूपको काममा सङ्कलित रकम खर्च गर्नेतर्फ वा बचतकर्तालाई शर्त कबुलअनुसार प्रतिफल दिने कार्यतर्फ सम्बन्धित सहकारीले अग्रसरता देखाएको पाइँदैन । सहकारीमा सीमित स्रोत र साधन भएका व्यक्तिले स्वेच्छाले रकम बचत गरी आफ्ना हितको विषयमा एकसाथ मिलेर कार्य गर्दछन् । 

समाजमा छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी सदस्यले साझा उद्देश्य प्राप्तिका लागि कार्य गर्दछन् । सदस्यले प्रजातान्त्रिक प्रणालीबाट आयआर्जनका योजना तय गर्ने हुँदा उनीहरुको आर्थिक विकासका लागि एकताबद्ध प्रयास गरी आत्मनिर्भरतातर्फ मार्ग खोज्ने प्रचलन छ । सहकारीका सेयर सदस्य नै मालिक र ग्राहक दुवै हुन् ।

संस्थाका संस्थापक, सञ्चालक तथा कर्मचारी स्थानीय व्यक्ति नै हुनुपर्ने व्यवस्था छ । सहकारीमा पुँजीको होइन सदस्यको महत्व हुन्छ । यो क्षेत्र बलियो सामाजिक आधार भएको समुदायमा केन्द्रित व्यवसाय भएकाले सञ्चालकहरूको संस्थामा लगानी धेरै वा थोरै नभएर एकै किसिमको हुन्छ । 

संस्थाले व्यावसायिक हितका लागि आफ्नो नियम, कार्यविधि र मापदण्ड तयार गरी त्यसको आधारमा कार्यसञ्चालन गरी वित्तीय, सामाजिक विकास तथा वातावरण संरक्षणको दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ । सदस्यबाट मात्र बचत सङ्कलन, ऋण प्रवाह गर्नुपर्नेमा सिद्धान्त, मूल्य र मान्यताभन्दा बाहिर गएर कारोबार गर्दा जोखिम बढेर सदस्य ठगिन बाध्य भएका छन् ।