१७ बैशाख, २०८१ सोमबार

05:11:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिभिल बैंकबाट सीइओसहित ८ कर्मचारीले जागिर छाडे, हिमालयनमा गाभिंदाको असर

Nepal Business

११ फागुन, २०७९

प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौमा रहने छ।

सिभिल बैंकबाट सीइओसहित ८ कर्मचारीले जागिर छाडे, हिमालयनमा गाभिंदाको असर

सिभिल बैंकबाट प्रमुख कार्यकारी अधिकृतसहित ८ जना उच्च तहका कर्मचारी बाहिरिएका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंकको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेसँगै सिभिलका ८ जना उच्च तहका कर्मचारीले स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका हुन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरी फागुन १२ गते शुक्रबारका दिनदेखि एकिकृत कारोबार गर्दै छ। प्रप्त्तिपछि हिमालयन बैंक लिमिटेड नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु हुँदैछ ।

भीआरएस लिएर बाहिरिनेमा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, प्रमुख कर्जा अधिकृत सुमन आचार्य, सूचना प्रविधि प्रमुख कबनबच पौड्याल, लेखा प्रमुख गोवर्धन अधिकारी, डिपोजिट एण्ड ट्रानज्याक्सन बैंकिंग म्यानेजर किरण प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा कार्यरत अभिजित श्रेष्ठ, एसएमई तथा माइक्रो बैंकिङका कन्ट्री हेड किरण खड्का र आइटी म्यानेजर रोशन ढकाल रहेका छन् । आज बुधबार बैंकले औपचारिक कार्यक्रम गरेर उनीहरुको विदाई गरेको छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरी फागुन १२ गते शुक्रबारका दिनदेखि एकिकृत कारोबार गर्दै छ। प्रप्त्तिपछि हिमालयन बैंक लिमिटेड नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु हुँदैछ ।

प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ कमलादी, काठमाडौमा रहने छ। 

एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन बैंकले अनुरोध गरेको छ ।